Saturday, April 18 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

सङ्क्रमणको दोस्रो लहर, शहर रित्तियो, गाउँमा जोखिम

सङ्क्रमणको दोस्रो लहर, शहर रित्तियो, गाउँमा जोखिम

काठमाडौँ, वैशाख १६ गते । काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए । आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरु भन्दै थिए “भोलि बिहानै निषेधाज्ञा लागिसक्छ, आजै रातिसम्म काठमाडौँ छोडिसक्नुपर्छ, नत्र पहिलेजस्तै विनाकाम महिनौँ यहीँ थन्किनुपर्छ ।” 

धेरैले बसको टिकट लिइसकेका, केहीले समूह समूह बनाएर बस या माइक्रो ‘रिजर्भ’ गरेका र कतिपय कलङ्की पुगेपछि केही न केही साधन पाइहाल्छ त्यसैमा जाऊँला भनेर पनि आएका थिए । सवारीको जोहो नगरी आएकाहरु कलङ्कीको बाबा पेट्रोलपम्पको अघिल्तिर उभिएका थिए र जुन बस या सवारी साधन आयो त्यसैतिर झुम्मिन्थे र चढिहाल्थे । कुनैले सकिनसकी भरेर लगेका थिए भने कति सवारीका ‘स्टाफ’ ले टिकट देखाएर मात्र भित्र छिर्न दिइरहेका थिए । 

दाङ घर बताउने मनलाल चौधरीले तीनवटा गाडी चढेर पनि ओर्लिनुभयो । ती सवारी ‘रिजर्भ’ रहेछन्, उहाँलाई टिकट मिलेन । अन्तिममा राति साढे ८ बजेको एउटा गाडी भेटियो बुटवलसम्म जाने । त्यसमा पनि सिट त थिएन मुडामा बसेर जान उहाँ राजी हुनुभयो । 

यस्तो हत्ते गरेर किन घर जान लाग्नुभयो रु मैले सोधेँ । उहाँको जवाफ थियो, “गत साल मैले धेरै दुःख पाएँ । सरकारले गत वर्षको चैतमा सात दिनका लागि मात्र भनेर लकडाउन ग¥यो । हामी घर जाने समय पनि भएन । हामी सर्वसाधारणले त्यही सात दिनमात्र होला भनेरै बुझ्यौँ तर पछि त्यस्तो भएन, लकडान साउनसम्मै पुग्यो । न यहाँ काम गर्न पाइयो, न केही खाने कुरा भयो नत घर फर्किन पाइयो । यसपालि पनि त्यस्तै हुन्छ भनेर आजै घर हिँडेको । 

मजदुरी काम गर्ने उहाँजस्ता धेरैको बुझाई त्यस्तै छ । सरकारले एक हप्ता मात्र भने पनि यो निषेधाज्ञा कति हप्ता जान्छ थाहा छैन भन्छन् धेरैले । उनीहरुको अनुमान छ– यो हप्तौँ, महिनौँसम्म पनि जानसक्छ । त्यसैले आफ्नो गाउँघरमै गयो भने केही काम पाइन सक्छ, नपाइए पनि घरतिरै खेतीको काम गरेर पनि बाँच्न सकिन्छ भन्ने लागेको छ उनीहरुलाई । गाउँ फर्किँदै गरेका धेरैले यही संशय बोकेका छन् । 

यातायात व्यवसायी महासङ्घका पदाधिकारीका अनुसार सरकारले निषेधाज्ञा गर्ने घोषणा गरेपछिका तीन दिनमा कम्तीमा पाँच लाख नागरिकले काठमाडौँ छोडेका छन् । यसको यकिन तथ्याङ्क नरहे पनि त्यतिका सङ्ख्यामा राजधानीबासी बाहिरिएको अनुमान छ । मङ्गलबार र बुधबार कलङ्की, बल्खु र कोटेश्वरको अवस्था हेर्दा दशैँभन्दा बढी भिडभाड देखिन्थ्यो । अनुमानित ५० लाखको काठमाडौँमध्ये आधाआधी बाहिरिन दशैँमा जस्तो भीड लाग्थ्यो, यो तीन दिन पनि त्यस्तै देखियो । 

बिहीबारदेखि काठमाडौँ उपत्यका र विभिन्न शहरमा लागू हुने दुई साताको निषेधाज्ञाले कोरोना भाइरस सङ्क्रमण विस्तारको गतिमा कमी आउने अनुमान सरकारको छ । नेपालका जनस्वास्थ्यविद्हरुले घोषित निषेधाज्ञाको अवधिमा सङ्क्रमण विस्तारको क्रम त घट्छ तर गाडीमा यो भीडभाड गरेर यात्रा गर्ने हो भने यसले शहरी क्षेत्रमा केही सुधार आए पनि गाउँगाउँमा भाइरस भित्रिने बताउँछन् । 

करिब दुई हप्तायतादेखि नेपालमा देखिएको कोरोना सङ्क्रमणको दरमात्र होइन यसको असर पनि अत्यधिक सङ्क्रामक रहेको जनस्वास्थ्यविद्हरुको दाबी छ । उनीहरुका अनुसार नेपालमा हाल ‘युके भेरिएन्ट’, ‘डबल म्युटेन्ट भेरिएन्ट’ देखिसकिएको छ । यति मात्र नभएर उनीहरु हाल भारतमा पुष्टि भइसकेको ‘ट्रिपल म्युटेन्ट भेरिएन्ट’ समेत हुनसक्ने आशङ्का उनीहरुको छ । भारतका स्वास्थ्यविज्ञहरुले डबल म्युटेन्ट मात्र नभई ट्रिपल म्युटेन्टसमेत बढेको बताएका छन् । 

स्वास्थ्य मन्त्रालयले दिनहुँ भाइरस सङ्क्रमणका तथ्याङ्क बढेर आउन थालेपछि गरेको एक अध्ययनअनुसार अहिले कोरोना देखिएका एक व्यक्तिले यो सङ्क्रमण दुईभन्दा बढी व्यक्तिलाई सारिरहेको देखिएको छ । ‘‘सङ्क्रमणको विस्तार ज्यामितीय दरमा भइरहेको र भाइरसको सङ्क्रमणको ‘चेन’ तोड्न अहिले नै अत्यावश्यक कामबाहेकका अरु सबै सेवा बन्द गरेर नागरिकलाई घरघरमै राख्नुबाहेकको अर्को विकल्प नरहेको”, प्रवक्ता प्रा. डा. जागेश्वर गौतम बताउनुहुन्छ । 

यो अध्ययनपछि मानिसलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउनुपर्ने निर्णयमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरू करिब दुई साताअघि नै पुगिसकेका थिए । प्राडा गौतम भन्नुहुन्छ, “पहिलेको भन्दा यसवर्ष निकै घातक रुपमा महामारी बढिरहेकोले अब यसको चेन ब्रेक गर्न निषेधाज्ञाबाहेकको अर्को विकल्प नै देखिँदैन ।” 

नेपाल सरकार पनि पछिल्लोपटक आएको यो दोस्रो वेभ भनिएको महामारीले प्रभाव फैलाइरहेका देशका १५ जिल्लालाई बढी जोखिमको सूचीमा राखेर निषेधाज्ञाको निर्णयमा पुगेको हो । काठमाडौँ उपत्यकामा पनि बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा शुरु भएको छ र यहाँका सरकारी कार्यालयले पनि अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् । सार्वजनिक यातायात बिहानैदेखि बन्द भएका छन् भने विद्यालय, कलेजहरु सरकारले अघिल्लो हप्ता नै बन्द गरिसकेको छ । बिहीबार बिहानको अवस्था हेर्दा सबैतिर बन्दै देखिन्छ । नागरिकको मानसिकता बुझ्दा उनीहरु यहाँको अवस्था अघिल्लो वर्षको लकडाउनको जस्तो हुने त्रासमा छन् । 

विज्ञहरू तत्कालको निषेधाज्ञ महामारी रोक्न प्रभावकारी साधन हो भन्छन् । उनीहरु सबैलाई खोप लगाउनुपर्ने, अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने, कन्ट्याक ट्रेसिङबाट सङ्क्रमितहरुका वरिपरिका मानिसहरुको नजिक पुग्नुपर्ने, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, बिरामीलाई उपयुक्त स्वास्थ्य उपचारको सुविधा हुनुपर्ने सुझाव दिन्छन् । 

स्थितिमा सुधार आउनका लागि निषेधाज्ञाको प्रभावकारिता अझै बढाउनुपर्ने र एकदेखि अर्को शहरको आवतजावत तथा एकदेखि अर्को मानिसको भेटलाई टुटाउनुपर्ने उनहीहरुको सुझाव छ । दुई सातामा यसको प्रभाव देखिन थाल्ने र अहिलेलाई यति समय पर्याप्तजस्तो लागे पनि दुई सातामा कोभिडका सङ्क्रमितहरु घट्न थालेपछि पनि निषेधाज्ञाको स्वरुपलाई विस्तारै खुकुलो पार्ने तर ह्वात्तै खोल्न नहुने सुझाव उनीहरुको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनीले निषेधाज्ञाको अहिलेको अवस्थामा केही दिनका लागि सङ्क्रमितको सङ्ख्यामा कमी आएको देखिए पनि पुनः चहलपहल बढे फैलिन सक्ने बताउनुहुन्छ । उहाँले अहिलेको निषेधाज्ञाले तत्कालका लागि देशका स्वास्थ्य संस्थाहरुमा देखिएको उपचारको अत्यधिक दबाब र शय्या अभावको अवस्थामा केही सुधार हुने बताउनुहुन्छ । 

अर्को कुरा निषेधाज्ञाले गर्दा हरेक व्यक्तिबीच घुलमिल र सम्पर्क हुन नपाउँदा सङ्क्रमणको जालो तोडिन सक्नेछ र रोगको विस्तार हुन पाउँदैन । यसकारण पनि निषेधाज्ञाले सङ्क्रमण दर घटाउने विश्वास गरिएको हो । तर यतिखेर राजधानी, शहर र बजार क्षेत्रबाट गाउँ जानेहरूबाट सङ्क्रमण फैलिने जोखिम भने कायमै रहेको देखिन्छ । कतिपय विज्ञहरुले एक÷दुई साताको निषेधाज्ञाले फरक नपार्ने र यसलाई कम्तीमा पनि एक महिना लम्ब्याउन सकिएमा सङ्क्रमणको गति सीमित गर्न सहयोग पुग्ने बताउँछन् । 

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डे यसपटकको नयाँ प्रजातिको महामारी अघिल्लो वर्षकोभन्दा निकै खतरनाक रहेको बताउनुहुन्छ । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, कुनै पनि खानाको स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, शरीरमा धेरै नै थकान महसुस हुने, निद्रा लागिरहनेमध्ये केही लक्षणहरु देखिएमा पीसीआर परीक्षण गरिहाल्न उहाँको सुझाव छ । उहाँले यसपटक परिवारमा एकजना सङ्क्रमित भएमा सबै सङ्क्रमित हुने अवस्था रहेकोले सङ्क्रमित व्यक्तिलाई धेरै सावधानी अपनाउन र आइसोलेसनमा बस्न पनि सुझाव दिनुहुन्छ । 

उहाँजस्तै यस वर्ष धेरै जनस्वास्थ्यविद्हरुले पिसिआर पोजिटिभ आएमा गतसाल जस्तो जनस्वास्थ्यका मापदण्ड अपनाएर आफैँ घरमा बस्नुभन्दा पनि यसपटकको भाइरसले छिटो कोभिड निमोनिया गराउने भएकाले नजिकको कोभिड अस्पतालको ‘फिभर’ क्लिनिकमा जानुपर्ने बताउनुहुन्छ । 

यस वर्ष मैले खोप लगाएको छु, मलाई पहिले नै भएकोले गत वर्षकै एन्टिबोडीले काम गर्छ भनेर लापरबाही गर्न पनि नहुने र शरीरमा अप्ठ्यारो भएमा तुरुन्त अस्पताल जानुपर्ने जनस्वास्थ्यविद्हरुको सुझाव छ । पहिले बालबालिका तथा युवालाई केही हुँदैन भनेर घरमा बस्ने गरिएकामा यसपटक बालबालिका र युवाको सङ्क्रमणदर झन् बढी र सङ्क्रमितमा गम्भीर समस्या देखिएकोतर्फ पनि सबै सचेत हुनुपर्ने राय उहाँहरुको छ । 

प्रतिरोध क्षमता बढाउनको लागि भन्दै विगतमा नेपालमा पनि बेसार पानी, गुर्जो या अनेकथरि जडिबुटीको सेवन गर्ने मानिस धेरै थिए । उनीहरुले सेवन मात्र गरेनन् सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारशबिना नै यो खानु र उखानु भनेर सञ्चारमाध्यमबाटै प्रचार पनि गरे । अहिले पनि कतै अम्बाको पात उमालेर खाने या कतै के भनेर प्रचार गरिएका छन् । तर कतिपय जडीबुटीले शरीरको ‘स्टामिना’ बढाउने काम गरे पनि कोरोनाकै औषधि भनेर केही पनि सेवन गर्नुहुँदैन । 

नेपालमा हाल कोभिड सङ्क्रमण दिन दुइगुना, रात चौगुनाको दरले बढ्दै गएको छ । यही वैशाख १ गतेसम्म दैनिक पाँच सयको हाराहारीमा रहेका सङ्क्रमितको सङ्ख्या अहिले आएर दिनमै चार हजार जना नाघेको छ । बुधबारमात्र अघिल्लो २४ घण्टामा चार हजार ८९७ जना पुगेको तथ्याङ्क सार्वजनिक भएको छ । 

अहिलेसम्म नेपालमा तीन लाख १२ हजार ६९९ जना यो भाइरसबाट सङ्क्रमित भएका छन् भने दुई लाख ७९ हजार २७९ जना निको भएका छन् । यसरी हेर्दा नेपालमा अझै पनि ३३ हजार जनाभन्दा बढी सक्रिय सङ्क्रमति रहेका छन् । यो महामारीबाट तीन हजार जनाभन्दा बढीको ज्यान गइसकेको छ । विश्वमा यसले ३० लाखभन्दा बढीको ज्यान लिइसकेको छ भने करोडौँ नागरिक सङ्क्रमणमा परेका छन् । 

सन् २०१९ कै डिसेम्बरमा चीनको वुहानबाट निस्किएको भनिएको कोभिड १९ विषाणुले अहिले विश्व विचरण गरिरहेको छ । यो अदृश्य जीवाणुले छ महिनाअघि बेलायतमा फेरि अर्कै स्वरुपको प्रजातिका रुपमा प्रकटा भएको बताइन्छ । वर्षदिन भन्दा लामो समयसम्म पनि त्यही पुरानै जीवाणुलाई परास्त गर्न नसकिरहेका बेला यसले नयाँ नयाँ प्रजातिका रूपमा जन्म लिइरहेको छ । अरु विश्वतिर विभिन्न स्वरुप र चरणमा चाहारिरहेको भनिएको यो जीवाणु यतिखेर नेपालमा पनि दोस्रो लहरका रुपमा फेरि भित्रिएको छ । 

हामीले वर्ष दिनभन्दा लामो समयदेखि यसका बारेमा धेरै सुनेका र जानेका पनि छौँ । अब हरेकले अरु सबै विर्सिएर सबैभन्दा पहिला आफैँलाई बचाउने प्रणका साथ खानपिन, आनीबानी र व्यवहारमा परिवर्तन गरौँ । मानिसको सबैभन्दा प्रिय वस्तु आफ्नै शरीर भएकाले आफूलाई बचाउने प्रणका साथ हामी लग्यौँ भने यसबाट अरुको हुँदै सबैको ज्यान बाँच्ने छ । सबैले मिलेर कामना गरौँ– दोस्रो लहर भनिएको यो महामारीले हामी कसैको घरआँगनमा दुर्दशा ननिम्त्याओस् ।

कमेन्ट गर्नुहोस्