काठमाडौं, वैशाख १४ गते । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउँसो ३ बजे बस्न लागेको पार्टी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले जानकारी दिनुभएको छ ।
बैठकमा पछिल्लो समसामयिक एवम् पार्टीको राजनीतिक विषयमा छलफल हुदैछ । प्रेस सल्लाहकार जुगलका अनुसार स्थायी कमिटी बैठकका मुख्य विषयहरु भने बाहिर आएका छैनन् । पछिल्लो समय प्रतिनिधिसभा पुर्नस्थापना पश्चात् नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समर्थन फिर्ता लिने र अविश्वसको प्रस्ताव अगाडि बढाउने तयारी गर्दै आएको थियो ।
तर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेकपा माओवादी केन्द्रसहित नयाँ सरकार गठन गर्ने पहल गरेपनि संसदीय अंकगणित नपुग्दा नयाँ सरकार निर्माणको सम्भावना सकिदै गएको अवस्था छ । यससँगै राष्ट्रपतिबाट प्रतिनिधिसभाको हिउँदे अधिवेशन समेत अन्त्य भईसकेको छ । यही अवस्थामा नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बस्न लागेको हो ।

कमेन्ट गर्नुहोस्