काठमाडौं : पछिल्लो २४ घण्टामा थप तीन हजार ५५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पीसीआर परीक्षण र एन्टिजेन परीक्षणमा तीन हजार ५५६ जनामा संक्रमण पुष्टि भएको हो।
१२ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ४४२ र ८९३ जनाको एन्टिजेन परीक्षणमा ११४ गरेर सोमबार तीन हजार ५५६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार अहिले देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ रहेको छ।
काठमाडौं उपत्यकामा मात्रै १ हजार ९१२ जना थप भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५६७ जना, ललितपुरमा २२३ जना र भक्तपुरमा १२२ संक्रमित थपिएका हुन्।
प्रवक्ता गौतमका अनुसार २४ घण्टामा १२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१ सय ७६ पुगेको छ। नेपालमा कुल संक्रमितको संख्या तीन लाख ३ हजार ५६१ पुगेको छ। जसमध्ये २ लाख ७७ हजार ९५१ जना निको भएका छन्।
कमेन्ट गर्नुहोस्