Wednesday, April 15 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

एकीकृत बस्ती पुनर्निर्माण

एकीकृत बस्ती पुनर्निर्माण

ललितपुर, वैशाख १२ गते । भूकम्पले क्षतिग्रस्त बनाएका २० वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पबाट अति प्रभावित ३२ जिल्लामा एकीकृत बस्ती विकासका लागि ६४ बस्तीलाई स्वीकृति दिइएकोमध्ये हालसम्म २० बस्तीको निर्माण सम्पन्न भएको हो । बाँकी ४४ बस्ती निर्माणाधीन रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नुभयो, “हामीले एकीकृत बस्ती विकासका लागि प्रोत्साहन गरिरहेका छौँ, पीडित आफैँ मिलेर आएमा भौतिक पूर्वाधार विकासमा थप सहयोग दिन्छौँ ।” पुनर्निर्माण भएका एकीकृत बस्ती स्थानीय तथा जातीय परम्परा र संस्कृति संरक्षण गर्दै आधुनिक आवश्यकताका आधारमा निर्माण भएका छन् । यी बस्ती निर्माणसँगै अन्य भौतिक पूर्वाधार पनि विकास गरिएको छ भने जीविकोपार्जनलाई ध्यान दिइएको छ ।

घरसँगै घरबासको योजना
पाटन (ललितपुर)को पूर्वी भागमा रहेको पिलाछेँमा निर्माण गर्नुपर्ने ८४ घरमध्ये हालसम्म ४० वटा घर निर्माण भएका छन् भने तीनवटाको निर्माण सुरु भएको छ । सत्रवटा घर छिट्टै सुरु हुने अवस्थामा छन् । पिलाछँेमा बनेका घर परम्परागत शैलीका छन् । सबै घरको फसाद अर्थात् अगाडिको भागमा पुरानो नेवारी शैलीको झ्याल, ढोका र इँटा प्रयोग भएको छ । 
पिलाछेँको पुनर्निर्माणमा सहयोग गरिरहेको माया फाउन्डेसनका अध्यक्ष रमेश महर्जनका अनुसार घर निर्माणका लागि लाग्ने खर्चमध्ये श्रमदानबाट २५ प्रतिशत योगदान गर्ने, घरको परम्परागत स्वरूप देखाउन माया फाउन्डेसनले तीन लाख रुपियाँ सहयोग गर्ने, पीडितका लागि सरकारले दिने भनेको दुई प्रतिशतको सहुलियत ब्याजदर उपलब्ध गराउने र घरधनीले २५ प्रतिशत रकम बेहोरेर काम गरिँदै आएको छ । अन्य भौतिक पूर्वाधार विकासमा भने प्राधिकरणले सहयोग गरेको छ । 
पिलाछेँका भूकम्पपीडितको घर मात्र बनेको छैन, बनेका घरलाई कसरी व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकिन्छ र त्यसलाई जीविकोपार्जनसँग कसरी जोड्न सकिन्छ भन्ने कार्यमा पनि फाउन्डेसनले काम गरिरहेको अध्यक्ष महर्जनले बताउनुभयो । घरको पहिलो तला व्यावसायिक प्रयोजन, दोस्रो र तेस्रो तला घरबास (होमस्टे) सञ्चालन र बाँकी घरधनीले निजी प्रयोग गर्ने योजना पिलाछेँवासीले बनाएका छन् ।
परम्परागत शैलीका आकर्षक घर, १५२ भन्दा बढी परम्परागत स्थानीय परिकार, चाडपर्व र कला, संस्कृति तथा नेवारी जीवनशैलीबारे अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरेर विदेशी पर्यटक भिœयाउन सकिने अध्यक्ष महर्जनको भनाइ छ । पिलाछेँको पुनर्निर्माण शैली अन्य सहरी बस्तीका लागि पनि अनुकरणीय बनेको छ । यही अवलोकन गर्न काठमाडौँ महानगरपालिका–१८, किलागलवासीको टोली शनिबार पिलाछेँ पुगेको थियो । 
५४ वटा घर पुनर्निर्माण गर्नुपर्ने अवस्थामा रहेका किलागलवासी पिलाछेँको जस्तै मौलिकता कसरी कायम गर्ने तथा लगानी कसरी जुटाउने र त्यसबाट कसरी बढीभन्दा बढी आयआर्जन गर्ने भन्ने योजना बनाइरहेको किलागल पुनर्निर्माण समितिका अध्यक्ष नरेन्द्र महर्जनले बताउनुभयो । यसैगरी काठमाडौँको स्वयम्भू परिसरमा रहेका १७ निजी आवास र एउटा गुम्बा एकीकृत रूपमा विकास गरी हस्तान्तरण गरिएको महानगरको वडा नं. १५ का सदस्य मैयारत्न महर्जनले जानकारी दिनुभयो ।

लाप्राक बस्ती हस्तान्तरण
गोरखाको लाप्राकको गुप्सीपाखामा निर्माण भएको एकीकृत नमुना बस्ती हस्तान्तरण गरिएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले धार्चे गाउँपालिका–४, लाप्राकको गुप्सीपाखामा निर्माण गरेको उक्त बस्ती बिहीबार हस्तान्तरण गरिएको हो । कुल ६१ करोड ४० लाख २८ हजार रुपियाँको लागतमा निर्माण गरिएका ५७३ घर स्थानीय भूकम्पपीडितलाई बुझाइएको छ ।
स्थानीयसमेत रहेका गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भन्नुभयो, “उहाँहरूले बस्ती हामीलाई बुझाउनुभएको छ, ढिलै भए पनि हामीले नयाँ घर पाएका छौँ ।” राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ (जिमाली) गोरखाका प्रमुख रामशरण आचार्यले भन्नुभयो, “१३० जनालाई लालपुर्जा वितरण गरिसकेका छौँ, बाँकी लाभग्राहीको फोटो खिच्ने र विवरण सङ्कलनको काम भइरहेको छ, सबै काम सकेर एक हप्ताभित्रै पुर्जा वितरण गर्छाैं ।” प्रत्येक घर तीन आना तीन पैसा जग्गामा निर्माण भएको छ । 
करिब १८.३ हेक्टर क्षेत्रफलमा फैलिएको एकीकृत बस्ती हेर्दा निकै सुन्दर देखिएको छ । विसं २०७३ वैशाख १२ गते एनआरएनएले उक्त बस्ती निर्माणको सम्झौता गरेको थियो । बस्ती निर्माणमा नेपाली सेनाले प्रत्यक्ष रूपमा सहयोग गरेको थियो । सेनाको एक टोलीले अन्य कामदारको सहयोगमा बस्ती निर्माणको भौतिक काम सम्पन्न गरेको थियो । घरको तलामा काठ छाप्ने र शौचालय बनाउने काम भने स्थानीय आफैँले गरेका हुन् ।

रकम अभावमा पुनर्निर्माण अलपत्र
गोरखाकै भीमसेनथापा गाउँपालिका–५, बगुवामा जनस्तरबाट निर्माण भइरहेको एकीकृत बस्ती निर्माण अलपत्र छ । सरकारले दिएको तीन लाख रुपियाँमा लाभग्राहीले डेढ लाख रुपियाँ थप गरी घर बनाउने कार्य भइरहेको छ तर कतिपय स्थानीयले रकम थप गर्न नसकेपछि पुनर्निर्माणको काम सन्तोषजनक ढङ्गले अगाडि बढ्न सकेको छैन । 
“सरकारी मापदण्डअनुसार घर निर्माण गर्न तीन लाख रुपियाँ पर्याप्त भएन,” मिलन बस्ती पुनर्निर्माण तथा विकास समितिका अध्यक्ष सुकुमार श्रेष्ठले भन्नुभयो । अझै १४ घरपरिवारले थप गर्नुपर्ने डेढ लाख रुपियाँ जुटाउन नसक्दा घर निर्माणको काम अगाडि बढाउन सकेका छैनन् । विपन्न, असहाय, एकल महिला र अपाङ्गता भएका ३० परिवारको घर भने गैरसरकारी संस्था अक्सफामले बनाइदिएको छ । 
भूकम्पपछि आएको पहिरोले जोखिमपूर्ण रहेको साबिकको बगुवा गाविस–४ र ५ मा छरिएर रहेका करिब १५० घरधुरीका लागि एकीकृत बस्ती निर्माण गर्न स्थानीय आफैँ जुटेका हुन् । यसैगरी धार्चे गाउँपालिकाको केरौजाका भूकम्पपीडितलाई राखिएको लामाबेँसीमा पनि एकीकृत बस्ती निर्माणको काम भइरहेको छ । यी सबै बस्तीमा घर निर्माणसँगै खानेपानी, सडक, विद्युत्, ढल निकासलगायतका अन्य पूर्वाधार निर्माणको काम भइरहेको जिमाली गोरखाले जनाएको छ । त्यसको लागि बजेट निकासासमेत भइसकेको छ ।

जमिन नपाउँदा टहराकै बास 
भूकम्पको केन्द्रबिन्दु बारपाकका झन्डै ३० घर दलित अहिलेसम्म अस्थायी टहरामै छन् । भूकम्पको छ वर्ष पुगिसक्दा पनि उनीहरूले घर बनाउने जमिन पाएका छैनन् । उनीहरूको पुख्र्र्यौली थलोमा पुनः घर बनाएर बस्न नसक्ने भएपछि सरकारले सो ठाउँमा भूकम्प स्मृति सङ्ग्रहालय बनाउने निर्णय गरेको थियो । ३२ घरमध्ये केही घरले सङ्ग्रहालय निर्माणका लागि आफ्नो जमिन दिन नसक्ने बताएपछि उक्त कार्यक्रम अगाडि बढ्न नसकेको हो । “मन्त्रालयले हामीलाई सट्टिघट्टीमा जग्गा दिने सहमति जनाइसकेको छ,” स्थानीय अगुवा सुकबहादुर बिकले भन्नुभयो ।

एक स्थानीय तह, एक एकीकृत बस्ती
सिन्धुपाल्चोकमा निर्माण गर्ने भनिएका २९ वटा एकीकृत बस्तीमध्ये २५ वटा पुनर्निर्माण भइसकेका छन् । “एकीकृत बस्ती निर्माणले सिन्धुपाल्चोकलाई आकर्षणको केन्द्रबिन्दु बनाएको छ,” जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)का प्रमुख सन्तोष निरौलाले भन्नुभयो । ‘एक गाउँपालिकामा एउटा एकीकृत बस्ती’ योजनाअनुरूप जिल्लाका तीन नगरपालिकादेखि नौ गाउँपालिकामा भूकम्प प्रतिरोधी, सुन्दर, बलिया र सुविधासम्पन्न एकीकृत बस्ती बनेका छन् ।
विभिन्न एकीकृत बस्तीसहित गैरसरकारी संस्थाको सहयोगमा झन्डै पाँच हजारवटा भूकम्पपीडितको घर बनिसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन)ले जनाएको छ । भोटेकोसी गाउँपालिका–१, लिस्तिकोटको सेभुङ एकीकृत बस्ती, बाह्रबिसे नगरपालिका–७, घुम्थाङ एकीकृत बस्ती, मेलम्ची नगरपालिका–३ को हेबुङ एकीकृत बस्ती र मेलम्ची नगरपालिका–१० को नाम्दोलिङ एकीकृत बस्ती मात्रै निर्माण सम्पन्न हुन बाँकी छन् । 
ह्योल्मोभूमि हेलम्बु गाउँपालिका–१, तेम्बाथानमा जनहित ग्रामीण सेवा समितिले ४४ घरको ह्योल्मो एकीकृत बस्ती पुनर्निर्माण गरेको छ । यो बस्ती निर्माणमा सहयोग गरेको अक्सफामकै साझेदारीमा बाह्रबिसे नगरपालिका–३, भोटेकोसी गाउँपालिकाको त्याङथली र चौतारा साङ्गाचोकगढी नगरपालिकाको सेलाङ थाक्ले, भदौरेलगायतका स्थानमा एकीकृत बस्ती ठडाएको छ । 
इन्द्रावती गाउँपालिकाको बाडेगाउँमा ६३ माझी परिवारको एकीकृत बस्ती अक्सफाम, महिला आत्मनिर्भर केन्द्रको आर्थिक प्राविधिक र इन्द्रावती गाउँपालिकाको साझेदारीमा बनेको छ । हास्य कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउन्डेसनको अगुवाइमा मेलम्ची नगरपालिकाको गिरानचौरमा ६५ परिवारका लागि एकीकृत बस्ती पुनर्निर्माण भएको छ । अभिनेत्री श्वेता खड्काको पहलमा चौतारा साँगाचोकगढी नगरपालिका–१३, भीमटारको झ्याडीटोलमा एकीकृत माझी बस्ती ठड्याइएको छ । झन्डै ९० हजार ९०४ लाभग्राहीमध्ये ८३ हजारले घर निर्माण गरिसकेका छन् ।

जमिन नहुँदा टहरामै बास
विनाशकारी भूकम्पले निकै ठूलो क्षति गरेको रसुवामा छ वर्षमा पनि एकीकृत बस्ती निर्माणले गति नलिँदा पीडित अझै टहरामै बस्न बाध्य छन् । विस्थापित २६९ परिवारको स्थानान्तरणमा ढिलाइ भएको छ भने ३१९ परिवारले जग्गा नपाएकाले सुरक्षित आवास निर्माण गर्न सकेनन् । रसुवाको उत्तरगया गाउँपालिकाको तिरुमा दुई, पाङलिङमा एक र नौकुण्ड गाउँपालिकाको लाङबुमा एक गरी चारवटा एकीकृत बस्ती निर्माण हुन लागेको छ ।
एकीकृत बस्तीका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भएकाले चाँडै बस्ती निर्माण प्रक्रिया थालनी हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला अनुदान व्यवस्थापन स्थानीय पूर्वाधारका सूचना अधिकारी सूर्य थोक्राले जानकारी दिनुभयो । उत्तरगया गाउँपालिका–५, खाल्टेका पीडित पूर्ण घलेले भन्नुभयो, “तत्कालीन प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल आएर खाल्टेको सार्वजनिक स्थानमा बस्न भनेपछि हामी त्यहाँ बसेका हौँ तर अहिले हामीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नै यहाँबाट उठाउन खोजिएको छ ।” 
अझैसम्म आवासको अधिकार सुरक्षित हुन नसक्दा आफूहरू असुरक्षित महसुस गरिरहेको स्थानीय विस्थापित युवा जङ्गबहादुर तामाङले जानकारी दिनुभयो । विनाशकारी भूकम्पका कारण १२ हजार ८७६ परिवारको निजी आवास क्षति भएकोमा ८८ प्रतिशत आवास पुनर्निर्माण सम्पन्न भएको छ । असार मसान्तमा ९८ प्रतिशत निजी आवास निर्माण कार्य सकिने जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय प्रमुख विश्वराज मरासिनीले जानकारी दिनुभयो । 
(नरेन्द्र ढकाल/गोरखा, चित्र मिजार/सिन्धुपाल्चोक र हेमनाथ खतिवडा/रसुवाको सहयोगमा)

कमेन्ट गर्नुहोस्