काठमाडौं : पछिल्लो २४ घन्टामा थप १२ सय ८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। ७ हजार १ आरटी पीसीआर र ५ सय ४७ को एन्टिजेन परीक्षण गराउँदा १२ सय ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घन्टामा थप ८ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ।
मन्त्रालयका अनुसार सोमबार २५५ जनाले स्वास्थ्य लाभ गरेका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ७५ हजार ५५५ पुगेको छ।
हाल ८१ जना क्वारेन्टाइनमा र ७ हजार २५४ जना आइसोलेसनमा छन्।
कमेन्ट गर्नुहोस्