सिड्नी: अष्ट्रेलियाको पश्चिमी क्षेत्र वेस्टर्न अष्ट्रेलियामा समुद्री आँधीका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।
प्रतिघण्टा १७० किलोमिटरको गतिमा आएको उक्त आँधीले गर्दा रुख, भवन सहित भौतिक संरचनामा क्षति पुग्नुका साथै बिजुलीका पोल ढल्दा विद्युत कटौती भएको छ । आँधीको असर एक हजार किलोमिटर आसपास क्षेत्रमा परेको बताइएको छ ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार पछिल्लो समय आँधी मत्थर भएको छ । आँधीबाट बढी प्रभावित वेस्टर्न अष्ट्रेलियाका जोखिमयुक्त सहरमा ‘रेड अलर्ट’ जारी गर्दै त्यस क्षेत्रका मानिसलाई सुरक्षित रहन सचेत गराइएको छ ।
यस क्रममा सयौँ नागरिकको उद्वार समेत गरिएको छ । प्रधानमन्त्री स्कट मोरिसनले आँधीबाट भएको क्षतिको राहतका लागि आफ्नो सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कमेन्ट गर्नुहोस्