काठमाडौँ: नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरीले राजनीतिक अन्योल समाधानका लागि सहमतिको सरकार बनाउनु पर्ने बताएका छन् ।
संसद्को विशेष समयमा नेता गिरीले मुलुकमा अहिले देखिएको राजनीतिक अन्योललाई चिर्न सहमतिको सरकार निर्माण गर्नुपर्ने सुझाव दिएका हुन् । साथै निर्वाचन पनि सबै दलको सहमतिमा सहमतिको सरकारले गर्नुपर्ने उनको तर्क थियो । तर निर्वाचन सहमतिका आधारमा नभए २०४७ सालपछिको अवस्था जस्तै हुने उनले बताएका थिए ।
‘मुलुकमा देखिएको अन्योल चिर्न राष्ट्रिय सहमतिको आवश्यक छ । अहिले प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, महन्थ ठाकुर, प्रचण्ड, वर्तमान प्रधानमन्त्री लागेको आएका छन् । यसरी समस्या समाधान हुँदैन । राष्ट्रिय सहमतिले मात्रै समस्याको समाधान हुन्छ’ सांसद गिरीले बताए ।
प्रधानमन्त्री केपी ओलीले काम नगरेर गफ दिएरै जनतालाई अल्मल्याउन लागेको आरोप लगाए । नगर्नु पर्ने काम गर्नमा प्रधानमन्त्रीले ध्यान दिएको भन्दै गिरीले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।
कमेन्ट गर्नुहोस्