काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन् ।
महाधिवेशनको तयारीका बारेमा छलफल गर्नका लागि सभापति देउवाले पदाधिकारीको बैठक बोलाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 'कांग्रेसले महाधिवेशन तयारीका लागि अहिले सम्पूर्ण ध्यान लगाएको छ । त्यसैका विषयमा छलफल गर्नका लागि आज पदाधिकारी बैठक बोलाइएको छ,' उनले भने ।
कांग्रेसको १४ औँ महाधिवेशन २०७८ भदौ दोस्रो साता गर्ने निर्णय भएको छ । कांग्रेसले महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता नवीकरण र वितरण लगायतका काम भइरहेको पौडेलले जानकारी दिए । त्यसलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
कमेन्ट गर्नुहोस्