Wednesday, April 15 2026
ट्रेन्डिङ दशैँलक्षित विशेष बजार अनुगमन दशैँलक्षित विशेष बजार अनुगमन महारानी एलिजाबेथलाई नेपालले सधैं सम्झिइरहनेछ : प्रधानमन्त्री देउवा न्यायालय सुधारको अभियानमा छौं : कावा प्रधानन्यायाधीश कार्की मेयर शाहको जवाफ - 'मेरो अभिव्यक्तिले अदालतको अवहेलना गरेको छैन' सिट बाँडफाँटसम्बन्धी प्रतिवेदन तयार हसिना-मुर्मुबीच भेटवार्ता हसिना-मुर्मुबीच भेटवार्ता तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण गठबन्धनको चुनावी तालमेल आइतबार टुङ्गिन्छु : प्रचण्ड सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न सङ्घीय संसद् भवन निर्माण सुस्त, ४२ प्रतिशत मात्र काम सम्पन्न रूससहित ४२ देशका आरोहीले सगरमाथा आरोहण गर्ने बाह्य क्षेत्र व्यवस्थापनमा सुधार बाह्य क्षेत्र व्यवस्थापनमा सुधार वाणिज्य बैङ्क :कर्जा घट्दा निक्षेप वृद्धि प्रमुख दलका नेताहरूबीचको आरोप-प्रत्यारोपले राजनीति तात्दै भूपेन्द्र बने नेपाल आइडल–४ दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप उच्चस्तरीय भ्रमणको पहल सुरु जहाँ आगो लाग्छ, त्यहाँ सिम्रिक पुग्छ सानदार ढंगले चुनाव जितेर कांग्रेसले ५ वर्ष सरकार चलाउँछ : महामन्त्री थापा राष्ट्रियसभाका नवनिर्वाचित १९ सांसदद्वारा शपथग्रहण हिउँदे वर्षाले बाली सप्रिएपछि किसान खुसी युक्रेनसँग वार्ताका लागि रुस तयार, यस्ता छन् सर्त पूर्वराजा शाह भन्छन्, 'राष्ट्रियता जोगाउन प्रणाली फेर्ने बेला आयो' सर्वोच्चको फुलकोर्ट बैठक : इजलास बिहान ११ बजेबाट बस्ने निर्णय २४ घण्टामा नेपालमा थप ४३७ जनामा कोरोना संक्रमण पुष्टि‚ २ को मृत्यु एकाएक कसरी आयो महाभियोग प्रस्ताव? छ महिनामा कूल व्यापार घाटा आठ खर्ब ८० अर्ब विद्युतीय मतदानबारे अध्ययन गर्न निर्वाचन आयोगले बनायो कार्यदल राष्ट्रिय प्रजातन्त्र दिवस : प्रचारप्रसारको सम्पूर्ण तयारी गरिँदैँ पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु रोकिएन पुरातात्विक वस्तुको चोरी, चोरीको अनुपातमा फिर्ता न्यून बागमती किनार अतिक्रमणको चपेटामा बागमती किनार अतिक्रमणको चपेटामा सड्दै केशरमहलका बौद्धिक सम्पत्ति अध्यादेश ल्याइन्छ, विधेयक ल्याइन्न युक्रेन रुस विवाद : अमेरिकाले युरोपमा २ हजार सैनिक राख्ने स्थगित परीक्षा फागुनमा पशुपति क्षेत्रमा सङ्ग्रहालय बनाउने तयारी एमसीसीले धरमराएको गठबन्धन रंगशालामा विमलले ल्याएको खुशी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हट्यो शनिबार गठबन्धनको बैठक : निर्वाचनको विषयमा छलफल हुने शीतकालीन ओलम्पिकको सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न चीनको चेतावनी भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन भ्रष्टाचार सूचकाङ्कमा नेपाल ११७ औं स्थानमा, यो वर्ष पनि सुधार भएन कोरोनाका कारण पर्यटक घट्दै उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू प्रेम र हृदयको साइनो प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य कोरोना नियन्त्रणका लागि सरकारलाई एमालेको २२ बुँदे सुझाव (सूचीसहित) आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने आइतबारदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने अनुसन्धान गर्न कानुनी अड्चन देशभर १४ हजार सक्रिय सङ्क्रमित, उपत्यकामा आधाभन्दा बढी कृषि उद्यममा युवा आकर्षण स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह स्थानीय तहको निर्वाचन समयमै गर्न राजनीतिक दलको आग्रह सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपणले धेरैमा बाँच्ने आशा पलायो विमानस्थलमा भिडभाड नगर्न आग्रह, जरुरी बाहेक पास नदिइने नेकपा एमाले ४३ जिल्लामा नेतृत्व चयन, कुन जिल्लामा कसको नेतृत्व (सूचीसहित) किसानलाई राहतका लागि बजेट माग नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु नारायणहिटी सङ्ग्रहालयमा बनेका संरचना भत्काउन सुरु किन आवश्यक छ बुस्टर डाेज ? किन आवश्यक छ बुस्टर डाेज ? कोरोना फैलिन नदिन प्रधानमन्त्री देउवाले दिए यस्तो निर्देशन राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता आज डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? डरलाग्दा सडक दुर्घटनामा जिम्मेवार को ? राजनीतिक दलहरुमा सहमति नजुट्दा राजदूत नियुक्तिमा ढिलाई आजको प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक बिहीबार स्थानीय सरकारसँग समन्वय नहुँदा लक्ष्यअनुसार खोप लगाउन सकिएन कांग्रेस केन्द्रीय सदस्यमा १० जना मनोनीत माओवादी केन्द्रको विधान परिमार्जनसहित पारित रुसमाथि प्रतिबन्ध लगाउने बाइडेनको चेतावनी माओवादी महाधिवेशनः बन्दसत्र सुरु, अध्यक्षले जवाफ दिने राष्ट्रियता र लोकतन्त्रको संरक्षणका लागि सहमति र सहकार्य अपरिहार्य : प्रधानमन्त्री सहिद स्मारक ए डिभिजन लिग, सातौँ चरणका खेल आजबाट हिमपातले घर फर्किन सकेनन् गोठाला प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, आठजना पक्राउ उपत्यकासहित मुलुकभर चिसो बढ्यो, हल्का वर्षा र हिमपातको संभावना एकीकृत समाजवादी र नेकपा (जनवादी) पार्टी बीच एकता जडीबुटी कम्पनी ४० वर्षपछि नाफामा, कर्मचारीलाई बोनस बाँड्यो प्रतिकूल मौसमले उडान प्रभावित ज्ञान र सीप पुस्तान्तरण गर्नु आवश्यक आठौँ महाधिवेशन आजदेखि प्रमको भारत भ्रमण तयारी ९८ वर्से पुरानो चन्द्रनहर अतिथिगृह संरक्षणको पर्खाईमा क्रिसमसको शुभकामना ओलीको चेतावनी- 'संसद्‍ अवरोध चुनावसम्मै हुन्छ' सस्तोमा मिर्गौला पत्थरीको शल्यक्रिया गरिने काठमाडौंको तापक्रम यस वर्षकै कम मापन, अझै घट्न सक्ने सम्भावना पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते पाकिस्तानको कराँचीमा बम विष्फोट : १० जनाको मृत्यु, १२ घाइते प्रधानमन्त्री देउवाले बोलाउनुभयो सर्वदलीय बैठक लिगको चौंथो चरण सकिँदा मच्छिन्द्र र मनाङ बलियो कोभिडविरुद्धको खोप विकास गरेका ४ वैज्ञानिक ‘टाइम हिरो अफ दि इयर’ प्रतिनिधि सभाको अर्को बैठक पुस ६ गते बस्ने राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके ‘सार्क बडापत्र क्षेत्रीय सहयोग र साझेदारीको खाका’ एकै पटक स्थानीय तहका १६ सय १३ कर्मचारीको सरुवा करिब १५ सय प्रतिनिधिले खानपिन र बस्ने व्यवस्था आफैँले गर्नुपर्ने कांग्रेसले महामारीका बेला महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : प्रम देउवा एसिया कप क्रिकेटका लागि खेलाडी छनोट एमसीसीबारे सत्तारुढ दलका सांसदबीच मतान्तर, प्रतिपक्षले सोध्यो- सरकारको धारणा के हो ? एसियन सेन्ट्रल जोन भलिबल : १५ खेलाडी छनोट ‘उच्च शिक्षामा सबैको पहुँच सुनिश्चित गरौँ’ चितवनको विकासले सबैलाई आकर्षित गरेको छ : प्रचण्ड बालाचतुर्दशी पर्व : पशुपतिमा रातभर जाग्राम रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी रोनाल्डोको ८००औं गोलमा म्यानचेस्टर युनाइटेड विजयी नेपाली काँग्रेस १४औँ महाधिवेशन प्रविधिमैत्री बनाइँदै ओमिक्रोन भाइरसका लागि अहिले लकडाउन आवश्यक छैन : अमेरिकी राष्ट्रपति लिम्पियाधुरा, लिपुलेक र कालापानी संवाद गरेर फिर्ता ल्याउनुपर्छ : ओली अनलाइनबाट लेखा परीक्षण एमाले महाधिवेशनमा पन्ध्र सय सुरक्षाकर्मी परिचालन एमालेमय बन्यो नारायणी किनार, मञ्चमा सबैको ध्यान एसियन पारामा चार खेलाडी ३०५ जना नयाँ सङ्क्रमित थपिए, चारको मृत्यु गोलाप्रथाबाट पेसी तोक्न बिहीबार फुलकोर्ट बस्दै ‘परराष्ट्र नीतिमा सबै दलको साझा दृष्टिकोण’ एमाले अध्यक्षमा रावलको उम्मेदवारी घोषणा वडा अधिवेशन आज थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित ४० करोडको ‘ए’ डिभिजन लिग यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु रुस र चीनबीचको सम्बन्ध इतिहासकै उच्च तहमा पुगेको छ : पुटिन सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी सर्वोच्चमा आज छवटा मुद्दामा फैसला, दुईमा आदेश जारी प्रधानन्यायाधीशद्वारा बार पदाधिकारीलाई वार्तामा आउन आह्वान पार्टी भित्र रुपान्तरण आवश्यकता - नेता पौडेल आईसीसी टी–२० विश्वकप क्रिकेटमा नयाँ च्याम्पियन बन्यो अस्ट्रेलिया जनता नै देशका मालिक, जनताभन्दा ठूलो शक्ति अरू छैनः प्रम राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने विश्वकप टि २० क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डलाई इङ्गल्यान्डसँग बदला लिने अवसर बालबालिकाका लागि एक करोड खोप खरिद गरिने नयाँ पुस्तालाई सँस्कृति हस्तान्तरण गरिँदै राष्ट्रपतिद्वारा तीन प्रदेश प्रमुख परिवर्तन तिहार पर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास कुकुर तिहारमा प्रहरीले गरे कुकुर पूजा तस्बिरमा राष्ट्रपति भण्डारी मुस्ताङ भ्रमण ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ ‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’ एक खोपले बच्छ ज्येष्ठ नागरिकको जीवन तस्बीरमा ढकमम्क पुष्प प्रदर्शनी मुद्दा हेर्न परमादेश जारीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त काँग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म गर्ने निर्णय मङ्सिरदेखि बिजुलीको नयाँ दर सर्वोच्चमा बहस रोक्दै कानुन व्यवसायी कोप–२६ मा नेपालले हिउँ पग्लिएको मुद्दा उठाउँदै 'पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो' : ओली क्षतिको अध्ययन गरेर थप राहत उपलब्ध गराउँछु : प्रधानमन्त्री ओलीलाई रावलको जवाफ- ‘१० बुँदे बिगुल हो, ठन्डा दिमागले सुन्नुस्’ १० देखि १५ अर्ब क्षतिको अनुमान, किसानको प्रश्न, धानको पनि बीमा हुन्छ ? ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक दोषी खुलेआम हिडिँरहेको छ, हामीलाई पक्राउ गरेर के पाउँछ सरकार? इपिएलको फाइनल आज : चितवन र पोखरालाई इतिहास रच्ने अवसर ताइवान र चीनबीच एकीकरण अवश्य पूरा हुन्छ : राष्ट्रपति सी दशैँमा हासियारपूर्वक खानपान गर्न आवश्यक : पाषणविद् २० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक रशायनशास्त्रतर्फको नोबेल बेन्जामिन र डेभिडलाई अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित प्रधानमन्त्री देउवाद्वारा जापानी प्रधानमन्त्रीलाई बधाई हाम्रो सरकार ढाल्न ज-जसले भूमिका खेले ती सबै विरोधी हुन् : ओली चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला हृदयाघातका लक्षण र रोकथाम साता दिनमै उत्तर कोरियाले गर्‍यो दोस्रो क्षेप्यास्त्र परीक्षण संसद् कहिलेसम्म बन्धक ? सकियो ३२ लाख घरको गणना ४२औँ विश्व पर्यटन दिवस मनाइँदै जर्मनीमा मर्केलको पार्टी पराजित, गठबन्धन सरकारको तयारी सुदूरपश्चिम प्रदेश ईन्चार्ज विवाद समाधान समितिको संयोजकमा भीम रावल एमाले बैठक : अध्यक्ष ओलीले आज राजनीतिक प्रतिवेदनबारे उठेका प्रश्नको जवाफ दिने ढुवानी अनुदानले सहज बडादशैंको साइत सार्वजनिक, टीकाको साइत १०ः०२ बजे शुभ एमालेभित्र तीव्र असन्तुष्टि: १० बुँदे कार्यान्वयनमा १० भाइको आशंका सुन चाँदीको मूल्य घट्यो दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी दशैँ र तिहारमा पर्याप्त फूल दिन सकिन्न - व्यवसायी गठबन्धन सरकारको निर्णयसँगै २३ राजदूत पद रिक्त आधुनिक प्रविधिको प्रयोगबाट जनगणना आजदेखि भेरोसेल खोपको पहिलो मात्रा खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि राष्ट्रिय आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर होऔँ : अध्यक्ष ओली राष्ट्रपतिद्वारा ५२३ जनाको कैद कट्टा साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री ४४ लाख डोज भेरोसेल खोप आज आउँदै बढ्यो विद्युतीय भुक्तानीको सीमा लोभ लाग्ने गरी पाक्नै लाग्यो स्याउ, किसान खुशी ‘स्वदेशी उद्योगलाई प्रोत्साहन कायमै’ खुल्न थाले राजधानीका सङ्ग्रहालय विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित, अर्को बैठक असोज ४ गते कृषि बीमा शुल्कको अनुदान बढाइयो क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार संविधान दिवस भव्य रूपमा मनाइने सांसदमा विरोधकैबीच तीनवटा अध्यादेश स्वीकृत नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म ३७ खेलसम्म अपराजित रही इटालीले विश्व कीर्तिमान बनायो दरदेखि दारुसम्म राष्ट्रिय जनगणना कात्तिक २५ देखि मङ्सिर ९ सम्म हुने प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आगामी शुक्रबार १ बजे बस्ने काठमाडाैंमा असाेज १ गतेबाट विद्यालय सञ्चालन गर्न पाइने गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजनको भीड शेयर बजारमा देखिएको समस्या समाधान गर्न अर्थमन्त्रीको आग्रह देश, राष्ट्रियता, स्वाधिनता र जनताको हितमा सबैले बोल्न पाउनुपर्छ : अध्यक्ष ओली मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउँछ, सहमतिमै बजेट संशोधन : प्रवक्ता कार्की पहाडदेखि तराईसम्मै विपतकाे कहर निमित्तका भरमा सञ्चालन हुँदै स्थानीय तह टेनिसबाट टाढिँदै ओसाका जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा गर्नुहुने विश्वकप छनोटमा २८ वर्षपछि स्पेनको हार महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह महाधिवेशन सफल बनाउन नेता पौडेलको पार्टीपंक्तिमा आग्रह रोनाल्डोले तोडे अली देईको कीर्तिमान म्याग्दीका खोमराज ‘वर्ड ब्लाइन्ड आइडल’ आर्थिक वृद्धि ४.०१ प्रतिशत ‘युभेन्ट्सको अपेक्षा पुरा भए रोनाल्डोले क्लब छोड्न पाउँछ’ मूल्यवृद्धि र कालोबजारी गर्नेलाई कारवाही गर्न निर्देशन हामी सरकारमा सहभागी: माधव नेपाल तीन दिनसम्म भारी वर्षाकाे सम्भावना काँग्रेस महाधिवेशन तयारी प्रारम्भ काँग्रेस महाधिवेशन तयारी प्रारम्भ केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई खोप राहदानी सङ्ग्रहालय स्थापना राहदानी सङ्ग्रहालय स्थापना दिगो विकास लक्ष्यमा न्यून प्रगति भीडभाड नगरी चाडपर्व मनाउन आग्रह भीडभाड नगरी चाडपर्व मनाउन आग्रह खोप लगाउने सङ्ख्या झन्डै दोब्बर वृद्धि सहमतिको दस्तावेज तयार, भाषा मिलाइँदै, भोलि अन्तिम रुप दिइने कोपा अमेरिका : खल्लो सुरुआत, हेर्नलायक फाइनल संक्रमण दर अझै उच्च छ, तेश्राे लहर भयावह हुनसक्छ : जनस्वास्थ्यविद् कोरोनाले बढायो आर्युेवेद औषधिको महत्व

उथलपुथल वर्ष २०७७

उथलपुथल वर्ष २०७७

अप्रत्यासित राजनीतिक घटनाक्रमले यो वर्ष आम नेपालीले अपेक्षा गरेजस्तो फलदायी बन्न सकेन, उथलपुथलमै बित्यो । तैपनि थुप्रै अवरोध र प्रतिकूल अवस्थाबीच सरकारले मुुलुकलाई दीर्घकालीन फाइदा पुग्ने गरी महìवपूर्ण भौतिक पूर्वाधार विकासको थालनी गरेको छ । मुलुकका सातै प्रदेशमा औद्योगिक क्षेत्र र सबै स्थानीय तहमा अस्पताल बनाउन सुरु गरिएको छ । सबै स्थानीय तह र निर्वाचन क्षेत्रलाई पक्की सडकले जोड्ने रणनीतिक महìवका सडक निर्माणको थालनी भएको छ । भारतले मिचेको नेपाली भूमि फिर्ता गराउन मिचिएको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरिएको छ । राष्ट्रिय गौरवको बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सम्पन्न भई त्यहाँको खानेपानी काठमाडौँ उपत्यकामा ल्याएर वितरण सुरुसँगै असम्भवजस्तै ठानिएको महìवाकाङ्क्षी यो परियोजना सफल भएको छ । यसबाट उपत्यकावासीलाई ठूलो राहत मिलेको छ । विश्वव्यापी कोरोना महामारीले मुलुक अस्तव्यस्त बनाइरहेका बेला विकसित मुलुकले जस्तै समयमै नेपालमा कारोनाविरुद्धको खोप ल्याउन सफलता मिलेको छ । कोरोना खोपका लागि ४८ अर्ब रुपियाँ छुट्याएर सरकारले सबै नेपालीलाई प्राथमिकताका आधारमा निःशुल्क खोप दिने सुरु गरेसँगै आम जनता विश्वस्त बनेका छन् । 
दुईतिहाइ बहुमतको नजिक रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवादले चर्को रूप लिएसँगै विभाजित भयो । तीन वर्षअघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भई बनेको यो पार्टी यति छिटो विभाजित होला भनी कसैले सोचेको थिएन । पार्टीभित्र नेतृत्व विवाद चरमोत्कर्षमा पुगी प्रचण्ड–नेपाल समूहका ९० जना सांसदले सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारीसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरी नयाँ चुनाव गराउने घोषणा गर्नुभयो । 
प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा एक दर्जन रिट परे । सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्ने फैसला गरिदियो । प्रतिनिधि सभाको कार्यकाल पूरा नहुँदै प्रधानमन्त्रीलाई विघटन गर्ने विशेषाधिकार नहुने सर्वोच्चको यस फैसलाले नयाँ राजनीतिक तरङ्ग ल्यायो ।
त्यसभन्दा ठूलो तरङ्ग सर्वोच्चको अर्को फैसलाले ल्याइदियो जसले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को एकीकरणलाई मान्यतामात्र दिएन पार्टीलाई नै विभाजित गरिदियो । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्था आए । 
पाँच वर्षका लागि जनादेश पाउनुभएका पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि पार्टीभित्रबाट असहयोगमात्र होइन ठूलो षडयन्त्र भयो । अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालसँग गुटै बनाएर उहाँलाई कामै गर्न नदिनेमात्र होइन नेतृत्वबाटै हटाउन बाधा व्यवधान तेस्र्याउने काम गर्नुभयो । प्रचण्ड–नेपाल समूहले कामै गर्न नदिई अविश्वास प्रस्ताव दर्ता गराएपछि उहाँले प्रतिनिधि सभा विघटन गर्नुभयो । यस घटनासँगै नेकपाभित्र विवादले उग्र रूप लियो । आरोप प्रत्यारोपको बाढी आयो । पार्टी विभाजनको चरणमा पुग्यो । अन्ततः सर्वोच्चले नै पार्टी फुटाइदियो । सर्वोच्चको फैसलासँगसँगै शक्तिशाली सत्तारुढ पार्टी र सरकार दुवै कमजोर देखिए । 
कोरोना महामारीबीच वैशाख २६ देखि सङ्घीय संसद्को अधिवेशन सुरु भयो । वैशाख २७ गते भारतले एकतर्फी रूपमा लिपुलेकसम्म भारतीय सडक विस्तार गरेकोमा नेपालले आपत्ति जनाउँदै २९ गते भारतलाई कूटनीतिक नोट पठायो । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले आयोजना गर्नुभएको सर्वदलीय बैठक कालापानी क्षेत्र फिर्ता लिन एकमत भयो ।

नेपालको नयाँ नक्सा सार्वजनिक

जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०७७÷७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा छुटेको नेपालको भूमिसहितको नक्सा जारी गर्ने प्रतिबद्धता व्यक्त गरियो । जेठ ५ गते सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा स्वीकृत ग¥यो । जेठ ७ मा नेपालको नयाँ नक्सा सार्वजनिक गरियो । नेपाल सरकारको यो कार्यप्रति भारतले असहमति जनायो । 
जेठ १५ मा सरकारले आर्थिक वर्ष २०७७÷७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाख रुपियाँको लोकप्रिय बजेट ल्यायो । बजेटमार्फत सरकारले मुलुकको पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिएको छ । त्यसैगरी असार १ गते सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गरे । असार १३ मा अफ्रिकाबाट भारत हुँदै नेपाल छिरेको सलह कीराले अन्नबालीमा क्षति पु¥यायो । सरकारले कोरोना महामारी थप फैलिन नदिन साउन २७ गते उपत्यकासहित दुई सयभन्दा बढी कोरोना सङ्क्रमित भएका जिल्लाका कार्यालयमा ५० प्रतिशत कर्मचारीद्वारा काम सञ्चालन गर्ने निर्णय ग¥यो ।

बाढीपहिरोबाट जनधन क्षति

भदौ २ गते राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भयो । भदौ ३ गते बाढीपहिरोमा परी अछाम, बाजुरा र बझाङमा १० जनाको मृत्यु भयो भने ११ जना बेपत्ता भए । भदौ १२ गते विद्युत् लाइन प्रसारण तथा वितरण प्रणालीको स्तर वृद्धिका लागि एसियाली बैङ्क र नर्वे सरकारमार्फत नेपाललाई २३ करोड डलर सहयोग प्राप्त भयो । भदौ १६ मा चैत ११ देखिको बन्दाबन्दी तथा उडान प्रतिबन्ध खुकुलो गरेपछि जनजीवन केही सहज बन्न थाल्यो । भदौ १८ गते बागलुङको ढोरपाटन नगरपालिका–१ बोबाङको भुजीखोलामा आएको बाढीले बस्ती बगाउँदा १४ जनाको मृत्यु हुनुका साथै २४ जना बेपत्ता भए । भदौ २८ गते सिन्धुपाल्चोकमा भीषण पहिरोमा ११ जनाको मृत्यु हुनुका साथै २० जना बेपत्ता भए ।

नेकपाभित्र चर्कियो विवाद

यता सत्तारुढ नेकपाभित्रको विवाद चर्कदै गयो । असोज १५ मा प्रधानमन्त्री ओलीले एकलौटी गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले उहाँलाई अप्ठेरोमा पार्ने प्रयास गर्नुभयो । विवाद मिलाउन पार्टीभित्र विभिन्न प्रयास जारी रहे पनि सार्थक हुन सकेन । नयाँ नक्सा जारी गरेपछि चिसिएको नेपाल–भारत सम्बन्ध सहज बनाउन भन्दै कात्तिक ६ मा प्रधानमन्त्री ओलीसँग भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्तकुमार गोयलले भेट गर्नुभयो । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वार्ता सन्देश लिएर आउनुभएको थियो । कात्तिक १९ गते भारतीय सेनाध्यक्ष मनोजमुकन्द नरवणे काठमाडौँ आउनुभयो । उहाँलाई कात्तिक २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको पद प्रदान गर्नुभयो । प्रधानमन्त्री ओलीसँग पनि उहाँले शिष्टाचार भेट गर्नुभयो । कात्तिक २७ गते सरकारले सबै नेपालीका लागि कोरोना सङ्क्रमणको परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय ग¥यो । साथै कोरोना खोप निःशुल्क उपलब्ध गराउन ४८ अर्ब रुपियाँ छुट्यायो । 
प्रधानमन्त्री ओलीलाई पार्टीभित्रबाट भने पटक्कै सहयोग भएन । अध्यक्ष प्रचण्डले कात्तिक १३ गते प्रधानमन्त्री ओलीमाथि दर्जनौँ भूmठा आरोपसहितको प्रस्ताव सचिवालयमा पेस गरेपछि विवाद झनै चुलिँदै गयो । प्रधानमन्त्री ओलीले मङ्सिर १३ गते प्रचण्डको ओरोप खण्डन गर्ने कडा जवाफ दिनुभयो । उहाँले आरोप प्रस्ताव फिर्ता लिन प्रचण्डलाई आग्रह गर्नुभयो तर प्रचण्ड मान्नु भएन । मङ्सिर १४ मा चीनका रक्षामन्त्री वेई फेङ्हीले एक दिवसीय नेपाल भ्रमण गर्नुभयो । मङ्सिर २३ मा नेपालले आफैँ नापेको सगरमाथाको उचाइ सार्वजनिक ग¥यो । जसअनुसार सगरमाथाको उचाइ ८,८४८.८६ मिटर कायम भयो ।

प्रतिनिधि सभा विघटन

पुस ५ गते प्रधानमन्त्री ओलीविरुद्ध प्रचण्ड–नेपाल समूहका ९० जना सांसदले अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेपछि प्रधानमन्त्रीले ताजा जनादेश लिने निर्णय गरी संसद् विघटन गर्ने निर्णय गर्नुभयो । यो निर्णयसँगै नेकपा विभाजनतिर गयो । प्रचण्ड–नेपाल समूहका सात मन्त्रीले राजीनामा दिनुभयो । प्रधानमन्त्री ओलीले पुस १० गते मन्त्रिपरिषद् विस्तार र फेरबदल गर्नुभयो । आफ्नो पक्षमा आएका माओवादी सांसदहरूलाई मन्त्री बनाउनुभयो । त्यसपछि नेकपामा आधिकारिकताको विषय झन् पेचिलो बन्यो । नेकपाका दुवै पक्षले निर्वाचन आयोगमा आधिकारिक आफू भएको दाबी पेस गरे । तर निर्वाचन आयोगले माघ ११ गते दुवै पक्षको दाबी अस्वीकार गर्दै दुवैलाई आधिकारिकता दिएन ।

सर्वोच्चद्वारा प्रतिनिधि सभा पुनःस्थापना

अर्कोतर्फ प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा एक दर्जन रिट परे । सर्वोच्च अदातलको संवैधानिक इजलासमा रिटको पक्ष र विपक्षमा लामो बहस भयो । फागुन ११ गते संवैधानिक इजलासले प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वसम्मत फैसला ग¥यो साथै १३ दिनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन सरकारका नाममा परमादेश जारी भयो । 
सरकारले सर्वोच्चको फैसला स्वीकार गर्दै फागुन २३ गते पुनःस्थापित प्रतिनिधि सभाको बैठक बोलायो । बैठक सुरु भए पनि दलहरूबीच विवादले सुचारु भएन । बैठक शोक प्रस्ताव पारितमै सीमित रह्यो ।

कोरोनाविरुद्ध खोप अभियान

माघ १४ गतेदेखि नेपालमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरियो । भारतले अनुदान सहयोग स्वरूप १० लाख मात्रा कोरोना खोप नेपाललाई उपलब्ध गराएपछि कोरोना खोप लगाउन सुरु गरियो । त्यस्तै सरकारले भारतसँग खरिद गरेको १० लाख मात्रा, भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख मात्रा र चीनले दिएको आठ लाख मात्रा कोरोना खोप नेपाल आइसकेको छ । पहिलो चरणमा अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइ कर्मचारीलाई कोरोनाविरुद्धको खोप दिइयो । त्यसपछि प्राथमिकता र जोखिमका आधारमा अरूलाई खोप दिन थालिएपछि ठूलो राहतको अनुभव गरिएको छ । तर कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । यसबाट जनजीवन प्रभावित बन्दैछ । 
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाबाट नेपालमा पनि व्यापक जनधनको क्षति भयो । छ महिनाभन्दा बढी लकडाउन गरियो । आर्थिक तथा पर्यटन गतिविधि रोकिँदा बेरोजगारी र गरिबी बढ्यो । अर्थतन्त्र कमजोर भयो । कोरोनाबाट तीन हजार नेपालीको मृत्यु भयो भने करिब दुई लाख ७७ हजार सङ्क्रमित भए । कोरोनाकै कारण तीन खर्ब रुपियाँभन्दा बढीको क्षति भयो ।

सर्वोच्चद्वारा नेकपा विभाजित

फागुन २० मा सरकार र नेकपा विप्लव समूहबीच तीनबुँदे सहमति भएसँगै सो समूहमाथि लगाइएको प्रतिबन्ध हट्यो । भोलिपल्ट फागुन २१ गते प्रधानमन्त्री ओली र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच सहमतिमा हस्ताक्षर गरी दुवै नेताले एउटै मञ्चमा सम्बोधन गर्नुभयो ।नाम विवादसम्बन्धी मुद्दामा फागुन २३ मा सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरणलाई मान्यता दिएन । दुवै दल अस्तित्वमा आए । ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आधिकारिक मान्यता पायो । सर्वोच्चको फैसलाअनुसार फागुन २५ मा निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई पुरानै मान्यता दियो । नेकपा (एमाले)को नाममा नयाँ पार्टी दर्ता गरेकी सन्ध्या तिवारी र नेकपा (माओवादी केन्द्र)को नाममा नयाँ पार्टी दर्ता गरेका गोपाल किराँतीलाई नाम परिवर्तन गर्न आग्रह ग¥यो ।

मेलम्चीको पानी काठमाडौँमा

फागुन २२ मा २२ वर्ष लगाएर बनाएको मेलम्ची खानेपानी आयोजनाको पानी पहिलोपटक सुन्दरीजलमा आइपुग्यो । चैत १५ गतेदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा उपभोक्ताका धारामा आएसँगै करिब आधा शताब्दीदेखि मेलम्चीको पानी खाने सपना पूरा भयो । चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको औपचारिक उद्घाटन गर्नुभयो । यो आयोजनाका लागि करिब ३१ अर्ब रुपियाँ खर्च भयो । 
यता माघ २ देखि थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु भएको छ । माघ २५ मा मुलुककै दोस्रो ठूलो विद्युत् प्रसारण लाइन २२० केभीको दाना विद्युत् सबस्टेसनको निर्माण सम्पन्न भयो । फागुन २० मा प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको शिलान्यास गर्नुभयो । चैत १ मा प्रधानमन्त्री ओलीले एकैपटक २१० स्थानीय तहमा सडक निर्माण शुभारम्भ गर्नुभयो । चैत ९ र १९ मा राष्ट्रपति विद्यादेवी भण्डारीले बङ्गलादेशको भ्रमण गर्नुभयो । त्यस अवसरमा बङ्गलादेशसँग चारबुँदे सम्झौता भयो । चैत १६ मा पशुपन्छीजन्य उत्पादनमा नेपाल आत्मनिर्भर भएको घोषणा गरियो । चैत २१ मा प्रधानमन्त्री ओलीले सबै निर्वाचन क्षेत्रलाई जोड्ने १६५ वटा सडक निर्माणको शुभारम्भ गर्नुभयो ।

१२ महिनाका १२ मुख्य घटना

भारतले लिपुलेकसम्म एकतर्पी सडक विस्तार गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गर्नुभएको सर्वदलीय बैठक कालापानी क्षेत्र फिर्ता गराउन एकमत । 
भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नक्सा नेपाल सरकारद्वारा स्वीकृृत । 
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ प्रमाणीकरण । 
नेकपाका केही नेताले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेपछि बढेको विवाद मिलाउन कार्य दल गठन । 
राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन । 
प्रधानमन्त्री ओलीले पार्टी र सरकारमा एकलौटी गरेको भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको आपत्ति । 
नेकपाका अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्री ओलीविरुद्ध दर्जनौँ झुटा आरोपसहितको प्रस्ताव सचिवालयमा पेस । 
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीद्वारा अध्यक्ष प्रचण्डले लगाएका आरोप निराधार भएकोले प्रस्ताव फिर्ता लिन आग्रहसहित कडा जवाफ पेस । 
प्रचण्ड–नेपाल समूहका ९० सांसदले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएपछि प्रधानमन्त्रीद्वारा संसद् विघटन गरी आगामी वैशाखमा प्रतिनिधि सभाको चुनाव घोषणा । 
भारतले अनुदानमा १० लाख खोप उपलब्ध गराएपछि नेपालमा कोरोनाविरुद्धको खोप लगाउन सुरु । 
सर्वोच्च अदालतद्वारा प्रतिनिधि सभा विघटन बदर, १३ दिनभित्र प्रतिनिधि सभाको अधिवेशन बोलाउन परमादेश जारी ।
२२ वर्ष लगाएर मेलम्ची खानेपानी आयोजना बनाएपछि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु ।

 

कमेन्ट गर्नुहोस्