काठमाडौं : मन्त्रिपरिषद बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।
यस्तै बैठकले राष्ट्रपति चुरे-तराई–मधेस संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेललाई नियुक्त गरेको छ । समितिको सदस्यहरुमा बाबुकृष्ण कार्की, शशी शर्मा, भेषराज आचार्य, डा. सुस्मिता ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ ।
चुरे क्षेत्रमा अस्वभाविक दोहन भएपछि संरक्षणका लागि सरकारले समिति गठन गरेको हो ।
कमेन्ट गर्नुहोस्